History of Sub Cast

Sourced from:

  • History and introduction of Chimkhola village (written by Mr Prembahadur Pun Chimkhola).
  • Mythology, history, fact and fiction.

चिम्खोलाको थाने पुनहरुको इतिहासचिम्खोलाका पुनहरु दग्नामको बुक्लबाट गएको हुन यि पुनहरु थाने पुन हुन / चिम्खोलामा कहिले र को पहिला गएका हुन भन्ने यकिन नभए पनी अधिकांश पुनहरुमखन पुनका सन्तान हुन जसले भैसीको मासु खादैनन कारण उनिहरुको जिजु बजै ढोलथाने ठकुरी राजाका छोरी थिए /

मखन पुन भन्दा पहिलाका पुनहरुको नाम थाह नभए पनी कालान्तरमा आएर चिम्खोलेपुनहरुको नाम मखन पुन देखी मात्र नाम लिन सकिन्छ / मखन पुनका दुईवती श्रीमतीथिए र हालको जेठी गाऊमा जेठी श्रीमती र कान्छी गाऊमा कान्छी श्रीमतीलाई राखेका थिएत्यसै कारणले जेठी गाऊ र कान्छी गाऊको नामकरण यसरी भएको थियो /

हालको भेडा गोठ खलक, जिम्माल खलक, डेम्मरे खलक, नाक्कुले खलक, चौतराघरखलक र खोलापरी गाऊ मुख्ये लाटा खलक इत्यादि जेठी परेल पुनका सन्तान हुन भने कान्छी गाऊले र तल्ल गाऊले मुखे चौतरे खलक चाही कान्छी परेलको सन्तान हुन /

मखन पुनको दुबै श्रीमती बाट दुई दुईवता छोराहरु थिए / जेठी बाटका छोराहरु मध्येएउटालाई भेडा पालन लगाए भने अर्कोलाई जिम्माल गर्न लगाएका थिय र हाल सम्मपनी जेठी गाऊ भेडा गोठ खलक र जिम्माल खलक भनी चिनिएका छन भने त्यस्तैकान्छी तर्फका दुई छोराहरु मध्य एक जनालाई मुख्ये र अर्कोलाई चौतरे कiम गर्न लगiएका थिए आज भोली कान्छी गाऊ मुख्ये र चौतरे खलक भनी चिनिएका छन /

चिम्खोलाका पुनहरुले चिम्खोलामा बिकाशको लागी महत्वपूर्ण भूमिका निर्बाह गरेकोइतिहासले बताऊछ जस्तै राजनितिक, सामाजिक र आर्थिक क्षेत्रबाट /

पुनहरुको थर भित्र उप थर धेरै हुन्छन् जस्तै: थाने पुन, दुध पुन, सुत पुन, सुन पुन, पहरे पुन, सूत पहरे पुन, सामे पुन, इत्यादि / चिम्खोलामा बसोबास गर्ने थाने पुनहरु आफुलाई अरु पुनहरु भन्दा उपल्लो दर्जाको पुन भन्न गर्भ गर्छन /

चिम्खोलाका थाने पुनहरु बसाई सराई र रोजी रोटी खोजीको क्रममा दर्मिजा, दग्नाम,दोवा, बेग, बादुक, भुरुंग, दाना, झी, वाखेत, पात्लेखेत, बेनी हुदै म्याग्दी खोला तिर,कालीपारी तिर तथा म्याग्दी जिल्ला भरीनै लगायत बागलुंग, पोखरा, बुटवल, सुपौली,भलुही, टिकापुर, काठमांडू हुदै भारत को बिभिन्न ठाऊहरु, यु. के, क्यानाडा,अमेरिका र यूरोपको बिभिन्न ठाऊहरु सम्म आइपुगेका छन /

चिम्खोलाका थाने पुनहरुको इतिहास हेर्दा सुरु देखि हाल सम्म एक क्षत्र रुपमाचिम्खोलालाई एक तन्त्रिय शासन चलाएको देखिन्छ जस्तै: भलादमी, जिम्माल, मुख्य,चौतरे, सभापति, प्रधानपञ्च लगायत अध्यक्ष आदि इत्यदि पदहरुमा पुनहरु नै सर्बेसर्बादेखिन्छ चिम्खोला गाऊमा धनी मानी, गण्य मान्य, बुद्धिजिवी तथा पल्टनमा लाहुरेभए पनी आफिसर दर्जामा प्राय: पुनहरु नै देखिन्छ /

चिम्खोलका थाने पुनहरुको स्वभाब दयालु, दील सफा तर खरो, रक्सीखाएर झगडा गर्नु पर्ने तथा लड्नु पनी पर्ने स्वभाबको हुन्छन् / नांच गानमा त्यती पारा नआए पनी खेलकुदमा धेरै जोशिलो र फुर्तिलो तथा ठेलो फ्याक्न सक्ने हुन्छन् / चिम्खोलाको थाने पुनहरुको शारीर को बनावट प्रया: को अक्लो खाईलाग्दो स्वादे राम्रो हुन्छ / बिबाह बारी गर्बुजा, तिलिजा, पुर्जा, पाईजा, पहरे पुन आदि संग हुन्छ /

चिम्खोलाको गर्बुजाहरुको इतिहास

चिम्खोलाका गर्बुजाहरु दग्नाम बाट आएका हुन / चिम्खोलाका थाने पुन र दग्नामे गर्बुजाहरू धेरै समय सम्म दग्नामको बुक्लमा संगै बस्थे कलान्तारमा आएर पुनहरू चिम्खोलमा बस्ती सरेर गए र गर्बुजाहरू बुक्लमा नै बसे / धेरै समय पछि आएर केही दग्नामका दुई भाई गर्बुजाहरु पनी चिम्खोलामा बस्न आएका थिए /

ति दुई भाई गर्बुजाहरुलाई चिम्खोलाका जेठी गाऊले पुनहरूले शरण दिएका थिए / तर जेठी गाऊले पुनहरूले ति दुई भाई गर्बुजा मध्ये एक भाई गर्बुजालाई अली रुचाएनन रे त्यसैले त्यो एक भाई गर्बुजा चिम्खोला बाट दग्नाम जानको लागी भागेर चिमु चौतरामा आएको थिए रे तर कान्छी गाऊले पुनहरूले अथवा मुखे चौतरे खलकले एक भाई गर्बुजा भागेर गएको चाल पाएर चिमु चौतरामा गएर फर्काएर कान्छी गाऊमा ल्याए पछी राम्रो राम्रो जग्गा दिएर फकाएर आफ्नो कुरियामा राखेको थिए रे /

ति गर्बुजाहरू हालमा तोरीपेले खलक जेठी गाऊमा बस्दै आएका छन र चत्तुर खलक कान्छी गाऊमा बस्दै आएका छन / तल्ल गाऊले गर्बुजाहरू पछी दर्मिजा बाट आएर तल्ल गाउको मुखे चौतरे खलक संग बसेका थिए / उक्त सबै गर्बुजाहरू दग्नामको रुपाल गर्बुजाको सन्तानहरु हुनजसले भैसीको मासु खादैनन कारण उनिहरुको जिजु बजै ढोल थाने ठकुरी राजाका छोरी थिए/

चिम्खोले गर्बुजाहरू अतिनै मेहनती मिलनसार, शिक्षित दुरदर्सी हुन्छन / चिम्खोलामा पुनहरुले नै राज गर्नु पर्छ भन्ने मान्यता हुदा हुदै पनी ह. बीरबहादुर गर्बुजाले एक अबधी प्रधानपञ्च खाएका थिए, जमदार नरबहादुर गर्बुजा धौलागिरी अन्चलको किशान संगठनको सदस्य थिए र उनका छोरी श्रीमती थममाया गर्बुजा तिन पटक सम्म संसद, राष्ट्रिय सभाको सदस्य र हiलमा संबिधान सभाको सदस्य हुनुहुन्छ / चिम्खोलाका गर्बुजाहरू अधिकांश शिक्षक भएको पाइनछ र नाच गानमा अग्रसरता देखाऊछन / बिबाहबारी बिशेष गरी थाने पुन, पुर्जा, पाईजा संग हुन्छ

रुपाले खलक तथा भुपाले खलक गर्बुजाहरू

गर्बुजाहरू मुख्ये दुई खलक छन कालिपारेलाई (शिख तीर) भुपाले खलक र कालिवारेलाई (दग्नाम तीर) रुपाले खलक भन्छन तर आज भोली कालिपारी कालिवारी रुपाले खलक तथा भुपाले दुवै खलक छन / किन दुई भाई गर्बुजाहरू रुपाले खलक र भुपाले खलक भए ?

बास्तब्मा भन्ने हो भने संसारै भरी छरिएर बसेको गर्बुजाहरुको मुल घर दग्नाम हो / दग्नामको बुक्लमा बस्दा दुई भाई शिकार खेल्दै मौवाफाट, रघुघाट खोलाको तिरैतिर गलेश्वर पुगेको बेला ति दुई भाई छुत्तिएछन अथवा हराएछन एक भाई खोलाको तिरै तीर आएको हो भनी कालीखोलाको तिरै तीर घुमाउने ताल हुदै बैसरी पुगेछन र पारी तरेछ्न र औल हुदै रिम गएर बसेछन /

पछि सन्तान फैलदै जादा काफल डांडा, राम्चे, नागी, खिबांग हुदै शिख सम्म पुगे भने अर्को भाई चाही फर्केर रघुघाट तिरै तीर आएर दग्नामको बुक्ल मै फर्केर आएछ्न पछि सन्तान फैलदै जादा चिम्खोला, दर्मिजा, बेग, दोवा, दाना, नारचिंग, झी, कोटगाऊ, पूर्णगाऊ हुदै मुना मुरी र गुर्जाखानी सम्म पुगेछ्न /

कलान्तारमा धेरै पुस्ता पछी रुपाल गर्बुजा नाम गरेको र भुपाल गर्बुजा नाम गरेको गर्बुजाहरुको भेट भएछ र चिनजान गरेछन र जिजु बाजेहरु शिकार खेल्न जादा छुत्तिएको कुराहरु थाह भएछ त्यस पछी रुपाले खलक (कालिवारे) गर्बुजा र भुपाले खलक (कालिपारी) गर्बुजा बाट परिचित भएको हो /

गर्बुजाहरु बसाई सराई र रोजी रोटी खोजीको क्रममा म्याग्दी जिल्ला भरीनै लगायत बागलुंग, पोखरा, बुटवल, सुपौली, भलुही, टिकापुर, काठमांडू हुदै भारत को बिभिन्न ठाऊहरु, यु. के, क्यानाडा, अमेरिका र यूरोपको बिभिन्न ठाऊहरु सम्म आइपुगेका छन /

गर्बुजा नाम कसरी राखियो ?

अठार मगर भाषामा ङ जा भनेको मेरो छोरा अथवा मेरो छोरी हो त्यसैले गर्बमा भएको बच्चालाई नाम राख्दा गर्बेजा भानियो अथवा गर्बको छोरा वा छोरी / यसरी गर्बेजा भन्दा भन्दै गर्बुजा भएको हो /

चिम्खोलामा तिलिजाहरुको इतिहास

चिम्खोलामा तिलिजाहरू चिम्खोलामा कहिले आए ?

चिम्खोलामा तिलिजाहरू चिम्खोलामा कहिले आए भन्ने यकिन नभए पनी करीब पाच पुस्ता पाहिले पाक्दरबाट आएको हो भन्ने भनाई छ / यी तिलिजाहरू अति इमानदार,अती साइनु लगाएर बोल्ने, मिजासिलो, नाच गान रमाइलो गर्न खोज्ने, खेती किसान गर्न र पशु पालन गर्नमा अती मेहनती हुन्छन / यसो हेर्दा अती खाईलाग्दो बालियों, पल्टन घरमा पनी निकै मान पदबी पाएका छन /

पाऊदारको तिलिजाहरू किन चिम्खोलामा आए त ?

उहिले उहिले चिम्खोलाको पुन तरुनीहरू खयर बहरा मेलामा जानथे रे पाऊदारको तिलिजा तन्नेरीहरु चिम्खोलाको मालिका मेलामा आउथे रे यसरी आउदा जादा पाऊदारको तिलिजा तन्नेरीसंग चिम्खोलाको पुन तरुनिहरुको माया प्रेम बसेछ / एक जना तिलिजा तन्नेरीले बिबाह गर्नु पर्यो भनी पाऊदार बाट चिम्खोला छोरी माग्न आएछ्न / केटीको बाबा आमाले घर ज्वाई बस्ने भए मात्र छोरी दिन्छु भनेछन केटा घर ज्वाई बस्न मन्जुर भएछन / त्यसैले पाऊदारे तिलिजा चिम्खोलामा बस्न शुरू गरेका हुन / आज भोली चिम्खोलामा तिलिजाको जनसँख्या तेस्रो ठाऊमा आऊछ /

चिम्खोलाको गर्बुजा र तिलिजाले किन मित्र साइनु लगाउछन ?

गर्बुजा र तिलिजाले मित्र साइनु लगाऊनमा हरेक गाऊ को आ-आफ्नै भनाई छ तर चिम्खोलाको गर्बुजा र तिलिजाको कहानी यस्तो छ / उहिले एक जना पुन केटीको बिबाह गर्बुजा लाहुरे संग भएको थियो रे त्यो गर्बुजा लाहुरे एउटा छोरा भएको बेलामा लड़ाईमा बीर गती पायो रे त्यसैले त्यो पुन केटी बिधुवा भयो रे त्यस पछी त्यो बिधुवा केटी तिलिजा केटासंग फेरी बिबाह भयो रे तर तिलिजा केटा गर्बुजाकै घरमा बस्यो रे / दोस्रो बिबाह बाट पनी फेरी छोरा नै भयो रे / पहिलो र दोस्रो बाटको गर्बुजा र तिलिजा छोराहरु सं-संगै एकै घरमा हुर्के बढे रे दाजु भाई भएर त्यसैले मित्र साइनु दाजु भाई दीदी बहिनी साइनु लगाएको हो / यो गोत्र साइनु चाही होइन मित्र साइनु हो मिचे पछी मिच्न सकिन्छ / कुनै कुनै गाउमा मिची पनी सके तर चिम्खोलामा मिचेका छैनन /

अर्को तर्क के हुन सक्छ भने चिम्खोलमा गर्बुजा र तिलिजाले बढी पुनहरुलाई नै बिबाह गर्छन र पुनहरूले पनी गर्बुजा र तिलिजालाई बिबाह गर्छन यसरी एक आपसमा बिबाह गर्दा गुन्यु तन बाट दाजु भाई दीदी बहिनी पर्न आउछ त्यसैले चिम्खोलामा गर्बुजा र तिलिजाको साइनु मित्र घर कै कायम छ /

तिलिजा नाम कसरी राखियो ?

अठार मगर भाषामा ङ जा भनेको मेरो छोरा अथवा मेरो छोरी हो त्यसैले तिलको बारीमा जन्म भएको बच्चालाई नाम राख्दा तिलजा भानियो अथवा तिलको छोरा वा छोरी / यसरी तिलजा भन्दा भन्दै तिलिजा भएको हो /

GurkhaSecurity Services

Universal Gurkha Security Services

Gurkha Mortgage