चिटिक्क पर्‍यो म्याग्दीको चिमखोला

 सन्तोष गौतम

म्याग्दी-चिमखोला) २६ बैशाख । गाविसमा बसोबास गर्ने सबैका घर र विद्यालयमा शौचालय निर्माण गरेर नियमित टोल, चोक, गल्ली सरसफाइ हुन थालेपछि म्याग्दीको चिमखोला गाविस चिटिक्क परेको छ । शौचालय निर्माण भएपछि सबैले चर्पी प्रयोग गर्छन् । मगर समूदायको बाक्लो बस्ती रहेको चिमखोलाका बासिन्दाले कच्ची शौचालय निर्माण गरेर भएपनि जंगल, झाडी, खोल्सा लगायत खुला ठाउँमा दिसापीसाव गर्न छाडेका छन् । उनीहरुले बाटो, चोक र गल्लीमा फाल्ने फोहोर व्यवस्थापन गर्न अनुकुल ठाउँमा खाल्डो बनाएका छन् ।

खुल्ला ठाउँमा चर्पि गर्ने बानी नपरेर होला पहिले पहिले चर्पिमा दिसा पिसाव गर्न गाहो महशुस हुन्थ्यो’ स्थानीय मिजन गर्बुजाले भन्नुभयो ‘अहिले सबैले घरघरमा चर्पि बनाएका छन् । खुल्ला ठाउँमा दिसापिसाव देखिन्न । गाउँपनि सफासुग्घर भएको छ ।’

खुल्ला ठाउँमा दिसापीसाव गर्दा झाडापखला जस्ता सरुवा रोगले आक्रमण गरी उपचारका लागि धनपैसा खर्च गर्नुपर्ने कुरामा छाएको सचेतनासँगै १० महिनाको अवधिमा २ सय भन्दा बढी घरमा शौचालय निर्माण भएको अमर मावि चिमखोलाका शिक्षक खबहादुर थापाले बताउनुभयो ।

सरसफाईले निरोगी बनेर गाउँको सकारात्मक सन्देश प्रवाह गराउन गाउँले सक्रिय बनेपछि सबैले शौचालय निर्माण गर्ने अभियाननै चलाएका थिए । ‘सक्नेले पक्की चर्पी बनाएका छन्’ थापाले भन्नुभयो ‘नसक्नेले कच्ची शौचालय निर्माण गरि त्यहीँ दिसापिसाव गर्न थालेपछि खुल्ला ठाउँमा फोहोर देखिन छाडेको छ ।’ २ सय ७२ घरपरिवारले बसोबास गर्ने चिमखोला गाविसमा असार महिना अघिसम्म जम्मा ५९ वटा पक्की शौचालय थिए । बाँकीले खुल्ला ठाउँमा दिसापीसाव गर्थे । जिल्ला विकास समिति अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाले सो गाविसमा असार महिनादेखि स्वास्थ्य र सरफाई सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेपछि गाउँमा शौचालय निर्माण गर्ने अभियाननै चलेको थियो ।

असार देखि चैत सम्म चिमखोलाका ६६ घरमा पक्की र १ सय ४७ घरमा कच्ची शौचालय निर्माण भएको परियोजनाका स्थानीय सहजकर्ता टंक शर्माले जानकारी दिनुभयो । शौचालयको निर्माण तथा प्रयोगसँगै चिमखोलाबासी घरेलु फोहोर व्यवस्थापन र स्वास्थ्य सम्बन्धि आनीवानमा पनि सचेत भएका हिमालयन आमा समूह चिमखोलाकी उपाध्यक्ष खमाया पाईजाले बताउनुभयो ।

‘खुल्ला ठाउँमा दिसापिसाव गर्ने चलन हटेको मात्र छैन, गाउँलेमा खाना खानु अघि हात धुने बानी बसेको छ । घरमा उत्पादन हुने घरेलु फोहोर पनि व्यवस्थित गरेका छौ ‘ शनिबार्र खुल्ला दिसामुक्त गाविस घोषणा गर्न आयोजित कार्यक्रममा पाईजाले भन्नुभयो ‘भौगोलिक विकटताले स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा पछि परेपनि गाउँले आफै सचेत बनेर खुल्ला दिसामुक्त गाविस घोषणा गर्दा हषिर्त भएका छौ ।’

गाउँ स्तरीय स्वास्थ्य तथा सरसफाई समन्व्य समिति चिमखोलाले शनिवार गाउँमा आयोजना गरेको कार्यक्रममा गाविसका सबै घरमा शौचालय निर्माण भएको र सबैले खुला ठाउँमा दिसापिसाव नगर्ने प्रतिवद्धता जनाउँदै खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको हो । खुल्ला दिसामुक्त क्षेत्र घोषित सोगाविसलाई परियोजनाले १ लाख २५ हजार २ सय रुपैया प्रोत्साहन रकम उपलब्ध गराएको छ ।

प्रोत्साहन रकम स्वास्थ्य र सरसफाईकै क्षेत्रमा लगानी गरिने गाविस सचिव नगेन्द्रप्रसाद गौतमले बताउनुभयो । सो कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि स्थानीय विकास अधिकारी दिर्घनारायण पौडेलले चिमखोला ज्ास्तो दर्ुगम गाउँ खुला दिशा मुक्त गाविस घोषणा हुनु स्वास्थ्य र सरसफाईको लागि ठूलो उपलव्धी भएको वताउनुभयो । सरसफाइमा ध्यान दिई शौचालय र खानेपानीका मुहानहरु सफा राख्न पनि उहाँले जोड दिनुभयो ।

परियोजनाका जिल्ला सल्लाहाकार चन्द्रभक्त विष्टले कच्ची शौचालयलाई पक्की वनाउन र घोषणालाई दर्ीघकालिन रुप्ामा व्यवहारमा उतार्न अनुरोध गर्नु भएको थियो । खुल्ला दिसामुक्त गाविस घोषणा भएपछि स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका थिए ।

४१ गाविस रहेको म्याग्दीका दग्नाम, भकिम्ली, दाना, बाबियाचौर, अर्मन, शिख, दरवाङ र रुम यसअघिनै खुल्ला दिसामुक्त क्षेत्र घोषणा भैसकेका थिए ।

रासस

GurkhaSecurity Services

Universal Gurkha Security Services

Gurkha Mortgage